काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटवार्तामा प्रधानसेनापतिको आसन्न भारत भ्रमणका विषयमा छलफल भएको स्रोतको दावी छ । सेनापतिले वालुवाटारमा प्रधानमन्त्रीसंग एक्ला एक्लै करिव दुई घण्टा भेटवार्ता गरेका हुन् । प्रधानसेनापति थापा आगामी पुस २७ गतेदेखि माघ २ गतेसम्म भारत भ्रमणमा जादैछन्…