काठमाडौं - नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी जापानका विदेशमन्त्री तारो कोनो बिहिबार बिहान स्वदेश फर्किएका छन्। आफ्ना नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा छोटो अवधिका लागि नेपाल भ्रमणमा आएका मन्त्री कोनोले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए। परराष्ट्रमन्त्रीद्वयको नेतृत्वमा बुधबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय…