रमेश गिरी भक्तपुर – कोरोना भाइरसको सङ्क्रमणको उद्गमस्थल चीनको वुहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको भक्तपुरको रिपाटीस्थित क्वारेन्टाइन क्षेत्र आसपासका बासिन्दाका लागि घरदैलो जनचेतना अभियान सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव…