काठमाडौं – नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) पदका लागि मतदान शुरु भएको छ । सो निर्वाचन समन्वय समितिका संयोजक शिव रिजालले सात प्रदेशको २५ वटै मतदान केन्द्रबाट १० बजे मतदान शुरु भएको जानकारी दिए । काठमाडौँमा निर्वाचन केन्द्रका सात हजार ६० मतदाता रहेका छन् । काठमाडौँको मतदान केन्द्र सर्वोच्च अदालत परिसरमा रहेको छ ।…