ऊर्जामन्त्री पुनद्वारा सिँचाइ आयोजनाको निरीक्षण

कलैया- ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शुक्रबार बारा जिल्लामा रहेका विभिन्न सिँचाइ तथा तटबन्ध योजनाहरूको अनुगमन निरीक्षण गरेका छन् । बङ्गुरी खोलामा बाढी आएर त्यस क्षेत्रका स्थानीयहरूको उठीबास नै हुने स्थिति भएपछि सरकारले सो खोलामा तटबन्ध निर्माण गरेको थियो । मन्त्री पुनले सो तटबन्धको निरीक्षण गर्दै सरकारको तर्फबाट अझै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।…