रेल चालक र सहचालकको योग्यता निर्धारण

काठमाडौं - नेपालमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह हुनुपर्ने भएको छ । रेल्वे सेवा सञ्चालनका लागि सरकारले ल्याएको रेल्वे विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको हो । विधेयकको दफा २३ उपदफा १ को (क) मा कम्तीमा…