स्वास्थ्यमन्त्री यादवलाई वीर अस्पतालका डाक्टरले दिए राजीनामा पत्र

काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा.डा. ध्रुवराज अधिकारीले राजीनामा पत्र बुझाएका छन् । सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम र्पुयाउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरिएको छ । अधिकारीका अनुसार वीर अस्पतालमा पद खाली रहेको र अन्य उम्मेदवार समेत छैन । तर, आफूलाई पूर्वाग्रहका…