काठमाडौँ- काठमाडौँको असन र इन्द्रचोकको मध्यभागमा रहेको पुरानो घरको चौथो तलामा आगो लागेको प्रहरीले जनाएको छ । साँझ झण्डै ६ बजे एउटा घरमा लागेको आगलागी नियन्त्रणका लागि चार वटा दमकल परिचालन भएको महानगरीय प्रहरीवृत्त जनसेवाले जनाएको छ । आगो नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाको तीन, ललितपुर महानगरपालिकाको एउटा दमकल र पाँच/छ वटा पानी ट्याङ्कर परिचालन भइरहेको छ…