बेत्रावती – बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पुर्याएको योगदानको सम्मानस्वरूप उनीसहित गोर्खाली सेनाले एकीकरणको समयमा गोरखादेखि नुवाकोट हँुदै काठमाडौँसम्म पुगेको पदमार्गमा ‘एकीकरण टर्च’ र्याली गरिने भएको छ । नेपाली सेनाको आयोजनामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको लागि शुरु गरेकाे अभियानअन्तर्गत भोलि शुक्रबार गोरखा दरबारबाट ‘एकीकरण टर्च’ र्याली शुरु गर्न लागिएको हो । गोरखा दरबारबाट शुरु हुने…