धनगढी - नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले गेटा अस्पतालको रिक्त निर्देशक पदमा तत्काल नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । आईतबार प्रधानमन्त्री ओलीलाई ध्याकर्षण पत्र बुझाउँदै एमालेले गेटा अस्पतालको नेतृत्वविहीनताको अवस्था अन्त्य गर्न तत्काल अस्पतालको निर्देशक सहितका पदाधिकारी नियुक्त गरी बजेट परिचालन, पारिश्रमिक भुक्तानी र सर्वसाधारणको सेवासुविधा सहज रूपमा उपलब्ध गराउन सकिने…