विमान अपहरण गरेको आरोपमा भारतमा गिरफ्तार गरिएको चौथो दिन बिहान ७ बजे दुई जना पुलिस र एकजना अफिसरको फुली लगाएको मानिसले मेरो सेलको ढोका हल्लाए । अफिसरले मलाई बिस्तारै सोध्यो, ‘के बयान हुँदैछ ? म बीपी निवासबाट आएको हुँ ।’ उसले सहानुभूतिजन्य व्यवहार गरेर बीपीसँग मेरो सम्बद्धता प्रमाणित गर्न चाहेको मैले बुझिहाले । अनि पुरानै…