जुगेडी पुलबाट ट्रक खस्दा दुईको मृत्यु, एक घाइते

चितवन - नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । शनिबार बिहान ४ः४० बजे भारतबाट काठमाडौं जाँदै गरेको एमएच (४२९टी )०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।…