मन्त्री मातृका यादवको एक्सन: ठगी गर्ने दुई पेट्रोलिम पम्पमा शिलबन्दी

काठमाडौं–सरकारले कम परिमाणमा पेट्रोलियम पदार्थ बिक्री गरेर उपभोक्ता ठगी गर्ने राजधानीका दुई पेट्रोल पम्पमा शिलबन्दी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको निर्देशनपछि पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा शिलबन्दी गरिएको हो। ललितपुरको एकान्तकुनास्थित प्रशान्ती आयल स्टोर र सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्समा शिल गरिएको मन्त्रीका स्वकीय सचिव सन्तोष विष्ट जानकारी दिए। प्रशान्तीले…