काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको नयाँ इतिहासको जन्म दिन भएकाले गणतन्त्र दिवसको महत्वलाई उजागर गर्ने ढंगबाट प्रचार प्रसारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । गणतन्त्र दिवस मनाउन गठित प्रचारप्रसार उपसमितिका संयोजक राज्यमन्त्री बाँस्कोटाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकमा उनले जनतासम्म गणतन्त्रको महत्वको सकारात्मक सन्देश प्रवाह गर्ने ढंगले प्रचारप्रसारको तयारीको व्यवस्थापन…