काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने भएको छ। लामो समयसम्म जहाज आकाशमा नै होल्ड गर्नुपर्ने लगायतका समस्या बढेपछि यात्रुलाई सहजरुपमा सेवा दिने उद्देश्यले सरकारले सोमबारदेखि उक्त विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउन लागेको हो। अब विमानस्थल बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्म सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी…