काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले विकास निर्माणका कामलाई गुणस्तरीय र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विकास निर्माणका कामलाई निर्धारित समयमै सम्पन्न गर्नेगरी अनुगमनलाई प्रभावकारी बनाउने व्यवस्था गर्न माग गरे । सांसद रामनारायण बिँडारीले सडक निर्माणमा ठेकेदार कम्पनीले ढिला गरेकाले जनताले सास्ती झेल्नुपरेको भन्दै समयमा काम नसक्नेलाई कारवाही गर्न माग गरे ।…