भारतीय प्रधानमन्त्री मोदीलाई टुँडीखेलमा ‘गार्ड अफ अनर’ प्रदान

काठमाडौं– नेपालको दुई दिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका तर्फबाट सम्मानस्वरुप गार्ड आफ अनर प्रदान गरिएको छ । शुक्रबार अपरान्ह सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो । त्यस क्रममा नेपाली सेनाले २१ तोपको सलामी चढाएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु, नेपाली सेनाका उच्च…