काठमाडौं- काठमाडौं महानगरपालिकाले राजधानीको १० स्थानमा आकाशेपुल निर्माण गर्ने भएको छ। व्यापारिक प्रयोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो। सडक विभागको परामर्शअनुसार साउन महिनादेखि ती पुल निर्माण हुनेछन्। कामपा पूर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाका अनुसार करिब ५ करोड रुपियाँ लागतमा निर्माण हुन लागेका सबै आकाशेपुल ट्रान्सपरेन्ट हुनेछन्।…