काठमाडौं – न्याय परिषद्को मंगलबार बसेको बैठकले दुई जना न्यायाधीशको मुख्य न्यायाधीशमा बढुवा गरेको छ । उच्च अदालत पाटनका वरिष्ठ न्यायाधीश रमेश पोखरेल र उच्च अदालत बुटवल इजलासका न्यायाधीश कुमारप्रसाद पोखरेलको मुख्य न्यायाधीशमा बढुवा भएको हो । बैठकले मुख्य न्यायाधीशमा बढुवा भएका रमेशलाई उच्च अदालत सुर्खेत र कुमारलाई दिपायलमा पदस्थापन गरेको छ ।