चन्द्रागिरिको सार्वजनिक जग्गा कम्पनीका नाममा दर्ता गर्नेविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं— चन्द्रागिरि नगरपालिकामा रहेको सार्वजनिक जग्गा निजी कम्पनीका नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय कलङ्कीका मालपोत अधिकृत शिवप्रसाद रिमाललगायत ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। चन्द्रागिरि नगरपालिकामा पर्ने पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा ‘सुयल हाउजिङ कम्पनी’का नाममा दर्ता गरेको भन्दै अख्तियारले…