काठमाडौं- एसिया प्रशान्त क्षेत्रको ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज थाइल्याण्ड प्रस्थान गरेका छन् । सम्मेलन मंगलबार र बुधबार चल्नेछ । सम्मेलनमा मन्त्री पुनले नेपालको ऊर्जाको पछिल्लो अवस्था र सरकारले चालेको कदमकाबारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रीका सचिवालयले जनाएको छ । मन्त्री पुनले सम्मेलनमा ऊर्जाको सुरक्षा, चुनौती र…