काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन्। सिटौलाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि शुक्रवार साँझ उनलाई धुम्बाराहीस्थित हृयाम्स अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ। उनको उपचारमा डा.अर्जुन कार्की, राजु पंगेनी, भुपेन्द्र बस्नेत, सबिन कोइराला लगायतको टिम संलग्न छन्। सिटौलाको रगतमा हेमोग्लोबिनको कमी भएको र आन्तरिक रक्तश्राव…