पोखरा - उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आइतबार एमआरआई सेवाको उद्घाटन गर्दै उनले विद्यमान सिमित आर्थिक स्रोत एवम् जनशक्तिलाई क्रमशः बढाउँदै लगिने बताए । उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा कुल…