काठमाडौं–सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तेस्रो बरियताका नेताहरु धमाधम पक्राउ पर्न थालेपछि उक्त समूह आक्रोशित बनेको छ। मन्त्रिपरिषद् बैठकबाट उक्त समूहमाथि प्रतिबन्ध लगाए पश्चात प्रहरी प्रशासन आक्रामक प्रस्तुत हुन थालेछि विप्लव समूहले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई ‘केपी बादल कम्पनी’ को संज्ञा दिँदै सामाजिक फाँसीवादतर्फ पतन भएको…