काठमाडौं- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षा सम्वन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पोखरेल मंगलबार राती अमेरिका गएका हुन् । मन्त्री पोखरेलले १५ चैतमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुने मन्त्रीस्तरिय बैठकलाई सम्वोधन गर्ने कार्यक्रम छ ।…