काठमाडौं— कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी महासमिति बैठक डाक्न तयार देखिएका छन् । निर्वाचनमा पराजय भएपछि पार्टीभित्रैबाट विशेष महाधिवेशन बोलाउन दबाब खेपिरहेका देउवा केन्द्रीय कार्यसमिति बैठक राखेर त्यसैबाट महासमिति बैठकको तिथि तय गर्ने तयारीमा रहेको उनीनिकट केन्द्रीय सदस्य प्रकाशशरण महतले जानकारी दिए । ‘विशेष महाधिवेशन हुंदैन, महासमिति बैठकमा नै सबै छलफल हुन्छ,’ महतले भने,…