काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम एउटै चिह्नबाट चुनाव लड्ने भएका छन्। कांग्रेस नेतृत्वमा मधेसवादी दलसहितको लोकतान्त्रिक गठबन्धन बन्ने प्रक्रिया अघि बढिरहेकै बेला यी दुई दलबीच गठबन्धन बनाएर आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लड्ने सहमति भएको हो। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादीका अध्यक्ष उपेन्द्र…