काठमाण्डौ– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाएर वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा उहाँले राज्यका निकाय एवम् विदेशस्थित नियोगलाई एकीकृत ढङ्गबाट परिचालन गरेर तत्कालको समस्या सम्बोधन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आजको समस्यालाई बुझेर वैदेशीक रोजगारीलाई व्यवस्थित गर्नु नै…