काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुलाई काममा केन्द्रीत हुन र जवाफदेही हुन निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रम एवं वजेटको कार्यान्वयन सम्बन्धि समिक्षा बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने ,काम नगर्ने तर प्रतिवेदनमात्र चुस्त बनाउदा जनताले सेवाको अनुभुती नगर्ने भएकोले…