राजनीतिमा च्यातिएको चप्पल र रित्तो खल्तीलाई मात्र इमान्दारीको प्रतीक नमानौँ : रास्वपा सहमहामन्त्री आचार्य

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्यले राजनीतिमा च्यातिएको चप्पल र रित्तो खल्तीलाई मात्र इमान्दारीको प्रतीक मान्ने पाखण्ड बन्द गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीसहित मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि टिप्पणी हुन थालेपछि आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘धनी हुनु कुनै पाप वा अपराध होइन । प्रश्न मान्छे कति धनी छ भन्ने होइन,…