पर्सा– पर्सामा बाख्रा चराउन हिँडेकी एक ८ वर्षीया बालिका बलात्कृत भएकी छन्। बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी पटेर्वासुगौली गाउँपालिकामा तीन बालिका बलात्कारको शिकार भएकी हुन्। बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिका ५ निचुटनाको पोखरी नजिकैको खेतमा मुर्छित अवस्थामा फेला परेपछि घटनाबारे जानकारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन…