जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पदभार ग्रहण गरेका छन् । डा. लाभलाई नेपाली सेनाको टोलीले सलामी दिएर मधेश प्रदेश प्रमुख कार्यालयमा स्वागत गरेका छन् । सो क्रममा मधेश प्रदेशका सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो । पदभार ग्रहण गर्दै प्रदेश प्रमुख डा. लाभले आफूलाई जिम्मेवारीबोध भएको अनुभूति भइरहेको बताए…