कैलाश सिरोहियाले आतंकित गरेको भन्दै अजय सुमार्गी पुगे प्रशासनमा, सुरक्षाको माग

काठमाडौं–व्यवसायी अजेयराज सुमार्गी कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाविरुद्ध प्रशासनमा पुगेका छन्। सिरोहियाले आफूसँग बार्गेनिङ गर्दै आएको र उनको त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि आफूविरुद्ध मिडियाको दुरुपयोग गरेको आरोप लगाएको भन्दै सुमार्गीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएका हुन्।   कान्तिपुर दैनिक र कान्तिपुरसम्बद्ध अन्य प्रकाशन तथा प्रसारण संस्थाहरूले बारम्बार एकतर्फी रूपमा आफूविरुद्ध भ्रामक समाचार…