स्वामीकार्तिकमा माओवादी केन्द्रले गर्‍यो नेकपा एसलाई समर्थन

काठमाण्डु-बाजुराको स्वामीकार्तिक गाउँपालिकामा हुने स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारलाई समर्थन गरेको छ । माओवादी केन्द्र सुदूरपश्चिमका इञ्चार्ज गिरिराजमणि पोखरेलले एकीकृत समाजवादीको तर्फबाट उपाध्यक्षकी उम्मेदवार जवा शाहीलाई समर्थन गर्न लिखित निर्देशन दिएका हुन् । ‘उपनिर्वाचनमा माओवादी केन्द्रको गाउँपालिका समितिले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै भोट हाल्न निर्देशन गरेको र माओवादी…