यूएन मिसनका लागि नेपाल प्रहरीको टोली सुडान उड्यो, एआईजी जोशीले गरे विदाई

काठमाडौँ-  प्रहरी प्रधान कार्यालय प्रशासन बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव प्रसाद जोशीले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ डार्फर सुडान स्थित अनामिड मिसनमा खटिई जान लागेका प्रहरी टोलीलाई बिहीबार उहाँकै कार्य कक्षमा बिदाई गर्नुभयो ।     त्यस अवसरमा उहाँले मिसन अवधिभर जस्तोसुकै बिषम परिस्थितीमा पनि नेपाल प्रहरीको छवि उच्च राख्दै इमान्दारीता एवं बफादारिताका…