काठमाण्डु-केन्द्रमा संयन्त्र गठन गरेका सत्तारुढ नेपाली कांग्रेस र एमालेले कोशी प्रदेशमा पनि दुई दलीय संयन्त्र बनाएका छन् । सत्ता सहयात्रालाई थप कसिलो र प्रभावकारी बनाउने भन्दै आलोपालो अध्यक्षता गर्ने सहमतिमा कांग्रेस–एमालेले कोसीमा ६ सदस्यीय संयन्त्र गठन गरेका हुन् । संयन्त्रमा एमालेका तर्फबाट पूर्वमुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडा छन् भने…