काठमाण्डु-रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ । त्यसका लागि पार्टीले उम्मेदवारको दरखास्त आह्वान गरेको छ । उपनिर्वाचन हुन लागेका सबै स्थानमा उम्मेदवारीका लागि दरखास्त मागिएको केन्द्रीय निर्वाचन समन्वय समितिले जनाएको छ । समितिका संयोजक गणेश पराजुलीले उपनिर्वाचनमा भाग लिन योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरिएको जनाउँदै सकभर सर्वसम्मतका आधारमा उम्मेदवार चयन गरिने जानकारी दिए…