कीर्तिपुरमा ५ वटा वडाको मतगणना सकियो, कांग्रेसका डंगोलको आग्रता कायमै

काठमाण्डु– कीर्तिपुर नगरपालिकाको मेयर पदमा ५ वटा वडाको मतगणना सकिएको छ । कीर्तिपुरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् । ११ हजार ३ सय ४९ मतदान भएको कीर्तिपुरमा कांग्रेसका डंगोलले २ हजार ९ सय ३० मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार सुरेन्द्र मानन्धर २ हजार ३ सय ८४ मत प्राप्त गरेका…