काठमाण्डु- गृहमन्त्री रमेश लेखकले स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् । गृहमन्त्री लेखकले मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबै मतदाता, निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षाकर्मी, निजामति कर्मचारी, सञ्चारकर्मी तथा मतदानमा सहभागी सम्पूर्ण मतदातालाई धन्यवाद दिनुका साथै उनीहरुप्रति आभार व्यक्त गरेका हुन् । निर्वाचन लोकतन्त्रको मेरूदण्ड भएको उल्लेख गर्दै…