काठमाण्डु-आइतवार हुने स्थानीय तहको उपनिर्वाचनको मौन अवधि मध्य रात १२ बजेदेखि शुरू भएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने चुनावी प्रचारप्रसार निषेध अवधि गएराति १२ बजेदेखि शुरू भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रचारप्रसार निषेध अवधि शुरू भएको उल्लेख गर्दै उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा…