काठमाण्डु – अवैध लागूऔषधसहित विभिन्न स्थानबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ तरकारी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ९६० ट्याब्लेटसहित हेटौंडा उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय सोनम मोक्तानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बा प्र ०३–०० १ ह ०१२६ नम्बरको अटोलाई जाँच…