रवि लामिछाने उच्च निगरानीमा

काठमाण्डु-सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सुरु गरेको छ । प्रतिवेदनमा दोषी देखिएकालाई नेपाल प्रहरीले पक्रन सुरु गरेको हो । सहकारीको बचत रकम हिनामिना प्रकरणमा जीवी राई र रवि लामिछानेका साझेदार पूर्वप्रहरी नायब महानिरीक्षक डिआइजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनी भाग्ने सूचना प्रहरीले थाहा पाए…