यसरी थाती रह्यो कांग्रेसमा देउवालाई प्रधानमन्त्री बन्‍न रोक्ने महामन्त्री शर्माको प्रस्ताव

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले अत्यधिक चर्चामा रहेको महामन्त्री विश्वप्रकाश शर्माको ‘एक्जिट पोलिसी’ सम्वन्धी प्रस्तावलाई थाती राख्ने निर्णय गरेको छ । प्रस्ताव संविधान संशोधनसँग सम्बन्धित भएकाले संविधान संशोधनकै क्रममा निर्णय गर्ने गरी तामेली राख्ने निर्णय बैठकले गरेको हो । ‘राज्यका विभिन्न तहको जिम्मेवारीमा रहने राजनैतिक पदाधिकारीको पदावधि सम्बन्धमा पार्टीगतमात्र नभएर संवैधानिक विषयसमेत रहेको…