सुशासन समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित

काठमाण्डु – विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । मंगलबार सिंहदरबारस्थित समितिको बैठककक्षमा समितिका जेष्ठ नागरिक महन्त ठाकुरको सभापतित्वमा बसेको बैठकले पौडेललाई सभापतिमा चयन गरेको हो । सभापति ठाकुरले बैठकमा कृष्णप्रसाद पौडेललाई समितिको सभापति चयन गर्नका लागि एक मात्रै प्रस्ताव पेश भएकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए…