सरकारले राजनीतिक कोटाका ६ राजदूतलाई फिर्ता बोलायो

काठमाण्डु– सरकारले राजनीतिक कोटामा नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सरकारले राजनीतिक नियुक्तिमार्फत ६ देशमा खटिएका राजदूतहरूलाई फिर्ता गर्ने निर्णय गरेको हो । फिर्ता गरिएका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डा. पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका…