काठमाण्डु – गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेबीच सत्ता समीकरणका लागि भएको सहमतिको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको भएको बताएका छन् । नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिद्वारा शनिबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले भने, ‘कांग्रेसको पहिलो जिम्मेवारी भनेको हाम्रो पहलमा निर्माण गरेको समीकरणलाई अगाडि बढाउनु हो । हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजी र…