काठमाण्डु– सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ । गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो । यसअघि भिजिट भिसा प्रकरणमा नाम मुछिएको भएपनि उन्मुक्ति पाइरहेका दुवाडी सरकार परिवर्तनको करिब डेढ सातासम्म गृहमन्त्रालयकै जिम्मेवारी थिए । यता दुवाडीलाई भने जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागेको छ । दुवाडीलाई योजना आयोगको सचिवालयमा…