काठमाण्डु - सरकारले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहिबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन्…