किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारी र उच्च अधिकारी सहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मंसिरमा कति मल चाहिने हो त्यसको आकलन…