काठमाण्डु– रास्वपाका सभापति रवि लामिछानेले प्रतिपक्षीमाथि अहंकार र प्रतिशोध नदोहोरिने बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले रास्वपा नेतृत्वको सरकारले प्रतिपक्षीमाथि प्रतिशोध नसाध्ने बताएका हुन् । लामिछानेले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्रै नभइ बदल्ने जिम्मेवारी दिएको बताए । ‘हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो । हामीले बदल्न सुरु गरिसकेका…